महालक्ष्मी लाइफ तेस्रो बर्षमा प्रवेश, आईपीओ निष्काशनको प्रक्रिया अगाडि बढ्यो

५ बर्ष अगाडि

काठमाडौं – महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी दोस्रो पुरा गरेर तेस्रो बर्षमा प्रवेश गरेको छ । ०७५ माघ २७ गतेबाट बीमा कारोवार प्रारम्भ गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स आजदेखि तेस्रो बर्षमा प्रवेश गरेको हो। 

नेपालको जीवन बीमा बजारमा सबैभन्दा कान्छो र उन्नाइसौ  कम्पनीको रूपमा काम शुरू गर्दा नौ वटा पुराना स्थापित कम्पनी र नौ वटा नयाँ कम्पनीहरू संग प्रतिस्पर्धा गर्नु परेको थियो । कसैगरी व्यापार वृद्धि गरी आफूलाई अब्बल देखाउने होड र अस्वस्थ प्रतिस्पर्धा बीच स्वस्थ व्यापार गर्नु आफैमा ठूलो चुनौति थियो । 
अर्को तर्फ कोभिड – १९को कारण लामो समय सम्म नसोचेको कठिनाई भोग्नु पर्‍यो। त्यस्तो प्रतिकूल परिस्थितिको बावजुद नियमक निकाय, संचालक समिति,कर्मचारी र अभिकर्ताहरूको सहयोग र प्रयासले कम्पनीले २ बर्षको अवधिमा ६२ वटा शाखा– उपशाखा स्थापना, १६१९० अभिकर्तालाई तालिम, नौ वटा प्रोडक्ट लंच, रू. १६५ करोड बीमा शुल्क संकलन र २५६करोड लगानी गरिएको कम्पनीको भनाई छ।

स्थापनाको एक वर्ष पछि नै कोरोना महामारीको कारण लक्ष्य अनुसार शाखा संजाल विस्तार, निरन्तर अभिकर्ता तालिम संचालन र व्यवसाय वृद्धि गर्न नसकेतापनि कम्पनीले आ।व २०७५÷७६को पोलिशि बोनस न्यूनतम रू.५० ल्याई नयाँ कम्पनीहरू मध्येमा उत्कृष्ट नतिजा ल्याउनु सफल भएको कम्पनीको भनाइ छ । 
नेपालमा बीमा कारोवार प्रतिको आमजनताको विश्वास वृद्धि गर्न कम्पनिले मितव्ययी तरिकाले ग्रामिण क्षेत्रमा बीमाको पहुच अझै विस्तार गर्ने, गुणात्मक कारोवारलाई जोड दिने, व्यवसायीक अभिकर्ता निर्माण गर्ने र प्रत्येक घरमा एउटा बीमा पुर्‍याउने लक्ष्य लिएर काम गर्नेछ ।

कम्पनीले दोस्रो वार्षिक उत्सवको अवसर पारेर आजकै मितिबाट बिक्री गर्ने गरी नँया मनि ब्याक बीमा योजना “ महालक्ष्मी धनधान्य” पोलिशी संचालनमा ल्याएको छ । आव ०७६÷७७को वासलात नाफानोक्सान हिसाब बीमा समितिबाट स्वीकृती पछी रू. ६० करोडको शेयर सर्वसाधारणमा जारी गर्ने गरी प्रकृया  शुरू गरेको कम्पनीको भनाइ छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया