काठमाडौं- राधी विद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा फागुन १९ गते बोलाएको छ ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने भएको छ । सभाले आर्थिक वर्ष ०७५र७६ को वार्षिक प्रतिवेदन, वासलत, नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण पारित गर्नेछ ।
यस्तै, गत आर्थिक वर्ष ०७६र७७ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण सँगै स्वतन्त्र सञ्चालक बाहेकका सञ्चालकहरुको निर्वाचन गर्ने कार्यक्रम पनि रहेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फाुगुन ५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन ४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।
कम्पनीको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त कुराको निर्णय गरेको छ ।
प्रतिक्रिया