इन्फिनिटीले नेपाल एग्रोलाई प्राप्ती गर्ने

५ बर्ष अगाडि

काठमाडौं – इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुुवित्तलाई प्राप्ती गर्ने भएको छ । यसक लागि सोमबार दुई कम्पनी बीच मर्जर सम्बन्धी सम्झौता पनि भएको छ । 
उक्त सम्झौतामा इन्फिनिटीको तर्फबाट बलराम बिष्ट र नेपाल एग्रो तर्फबाट विवेक श्रेष्ठले हस्ताक्षर गरेका छन् । 
उक्त दुवै कम्पनीले नेपाल स्टक एक्सचेन्जमा सुचिकृत कम्पनी हुन् । हाल इन्फिनिटी लघुवित्तको चुक्तापूँजी रू. २६ करोड ६ लाख ५० हजार र नेपाल एग्रो लघुवित्तको चुक्तापूँजी रू. ५ करोड ७२ लाख ४४ हजार रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया