काठमाडौं – एभरेष्ट इन्स्योेरेन्सले चालु आर्थिक बर्षको पुस मसान्तसम्म रु. ७ करोड ४२ लाख ७५ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । गत आवको सोही अवधीमा कम्पनीले ५ करोड ६९ लाख ४० हजार खुद नाफा कमाएको थियो ।
यस्तै, समिक्षा अवधीमा कम्पनीले रु. ५० करोड ३७ लाख ९६ हजार बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधीमा कम्पनीले रु. ४८ करोड ६३ लाख बीमाशुल्क संकलन गरेको हो ।
यस्तै, समिक्षा अवधीमा कम्पनीले ५५ हजार ६०२ ओटा बीमालेख जारी गरेको छ । नविकरण गरिएको बीमालेखको सख्या भने ८ हजार ५३७ ओटा रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. १ अर्ब ९ करोड ५९ लाख रहेको छ । कम्पनीले जगेडामा रु. ३१ करोड १७ लाख १२ हजार जम्मा गरेको छ । यस्तै बीमा कोषमा रु. ३६ करोड ३८ लाख रकम रहेको छ ।
वित्तिय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी रु. १३.५५ रहेको छ । यस्तै, प्रति शेयर नेटवर्थ १६१.६५, मुल्य आम्दानी अनुपात ४७.८८, प्रतिशेयर कुल सम्पत्तिको मुल्य २१७.५७ रहेको छ ।
प्रतिक्रिया