महिला सहयात्राको नाफा दोव्बर बढ्यो, कति छ लाभांश क्षमता

५ बर्ष अगाडि

काठमाडौं – महिला सहयात्रा लघुवित्त वित्तिय संस्थाले चालु आवको पुस मसान्तसम्म रु. २ करोड २८ लाख ९० हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो ।  गत आवको सोही अवधीमा कम्पनीले १ करोड २ लाख १८ हजार खुद नाफा कमाएको थियो ।

समिक्षा अवधीसम्म कम्पनीले रु. ४१ करोड ९९ लाख २७ हजार निक्षेप संकलन गरेको छ । यस्तै, कर्जा तर्फ भने कम्पनीले रु. १ अर्ब ७८ करोड ७२ लाख ९ हजार प्रवाह गरेको छ । 

प्रवाहित कर्जाबाट कम्पनीले चालु आवको ६ महिनामा ११ करोड ९ लाख ५  हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. ६ करोड ७ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. १३ करोड ३१ लाख रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. ५ करोड ५० लाख २४ हजार जम्मा गरेको छ । 

वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी (लाभांश क्षमता) रु. ३४.४० रहेको छ । यसैगरि प्रतिशेयर नेटवर्थ १२४.१४, तरलता अनुपात ३६.७० प्रतिशत र प्रतिशेयर कुल सम्पत्तिको मुल्य १५५५.७० रहेको छ । यसैगरि मुल्य आम्दानी २७.८२ रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया