काठमाडौं- माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पुसमसान्तसम्म ५ करोड १४ लाख ९९ हजार रुपैंया बराबरको खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।
गत आवको सोही अवधीसम्म कम्पनीले ५ करोड ४ लाख ९५ हजार रुपैंया बराबरको खुद नाफा कमाएको थियो । गत आवको सोही अवधीको तुलनामा कम्पनीको खुद नाफा १० लाख रुपैंया बराबरले बढी हो ।
समीक्षा अवधीसम्म कम्पनीको आम्दानी ६ करोड १० लाख रुपैंया बराबर रहको छ । गत आवको सोही अवधीको तुलनामा कम्पनीको आम्दानी ८ लाख ५१ हजार अर्थात १.३७ प्रतिशतले कम हो । गत आवको पुसमसान्तसम्म कम्पनीले ६ करोड १८ लाख रुपैंया बराबरको आम्दानी गरेको थियो ।
समीक्षा अवधीसम्म कम्पनीको चुक्ताँ पुँजी १ अर्ब ९६ करोड ८० लाख रुपैंया बराबर रहेको छ । गत आवको सोही अवधीसम्म कम्पनीको चुक्ताँ पुँजी १ अर्ब ५७ करोड ४४ लाख रुपैंया बराबर रहेको थियो ।
सो अवधिसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २.८५ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १३७.०४ रहेको छ। गत बर्षको सो अवधीसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १२१.१८ रुपैंया रहेको थियो ।
प्रतिक्रिया