२८ करोडले घाटामा रहेको निर्धन उत्थान लघुवित्त नाफामा, अन्य परिसुचक कस्तो ?

५ बर्ष अगाडि

काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाले चालु आवको पुस मसान्तसम्म रु. ५ करोड ७१ लाख ९३ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो । 
पहिलो त्रैमासमा कम्पनी रु. २७ करोड ९२ लाख ८९ हजारले घाटामा थियो । तर, दोस्रो त्रैमासमा कम्पनीले आफुलाई नाफामा ल्याउन सफल भएको । 
गत आवको सोही अवधीमा कम्पनीले ४० करोड ४१ हजार ७७ हजार खुद नाफा कमाएको थियो । 
समिक्षा अवधीसम्म कम्पनीले रु. १४ अर्ब ७० करोड ८५ लाख ६३ हजार निक्षेप संकलन गरेको छ । यस्तै, कर्जा तर्फ भने कम्पनीले रु. २२ अर्ब ९४ करोड ७१ लाख ३२ हजार प्रवाह गरेको छ । 
प्रवाहित कर्जाबाट कम्पनीले चालु आवको ६ महिनामा १ अर्ब ६८ करोड ९० लाख ३ हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. १ अर्ब ३ करोड ९८ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. १ अर्ब ५० करोड रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. २ अर्ब ८८ करोड ९३ लाख ४ हजार जम्मा गरेको छ । 

वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी (लाभांश क्षमता) रु. ७.६३ रहेको छ । यसैगरि प्रतिशेयर नेटवर्थ २९२.६२, तरलता अनुपात १२.९४ प्रतिशत र प्रतिशेयर कुल सम्पत्तिको मुल्य १७७२.४४ रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया