उन्नती सहकार्यको नाफा बढ्यो, कति छ लाभांश क्षमता ?

५ बर्ष अगाडि

काठमाडौं – उन्नती सहकार्य लघुवित्त वित्तिय संस्थाले चालु आवको पुस मसान्तसम्म रु. ४ करोड ७२ लाख ४० हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो ।  गत आवको सोही अवधीमा कम्पनीले ३ करोड ८ लाख ९४ हजार खुद नाफा कमाएको थियो ।

समिक्षा अवधीसम्म कम्पनीले रु. ८९ करोड १८ लाख ७२  हजार निक्षेप संकलन गरेको छ । यस्तै, कर्जा तर्फ भने कम्पनीले रु. २ अर्ब ६८ करोड ७२ लाख ६२ हजार प्रवाह गरेको छ । 

प्रवाहित कर्जाबाट कम्पनीले चालु आवको ६ महिनामा १८ करोड ६४ लाख १२  हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. १० करोड २८ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. १४ करोड ९५ लाख रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. १२ करोड ४१ लाख ६१ हजार जम्मा गरेको छ । 

वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी (लाभांश क्षमता) रु. ६३.१८ रहेको छ । यसैगरि प्रतिशेयर नेटवर्थ १८३.०३, तरलता अनुपात १५.३ प्रतिशत र प्रतिशेयर कुल सम्पत्तिको मुल्य २१४०.८१ रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया