काठमाडौं- मिथिला लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले २ करोड ९६ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड ३२९ लाख रुपैयाँ अर्थात ८०.१८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधीसम्म लघुवित्तले ५ करोड १३ लाख ६४ हजार रुपैंया बराबरको खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधीको तुलनामा लघुवित्तले ४ करोड ८ लाख ३३ हजार रुपैंया बराबरको खुद ब्याज आम्दनी गरेको थियो । गत आवको तुलना लघुवित्तको खुद ब्याज आम्दानी १ करोड ५ लाख रुपैंया बराबरले बढी हो ।
समीक्षा अवधीसम्म चुक्ताँ पुँजी १२ करोड १७ लाख रुपैंया रहेको लघुवित्तको जगेडा कोषमा १० करोड ६ लाख रुपैंया बराबरको रकम सञ्चित रहेको छ । गत आवको पुस मसान्तसम्म लघुवित्तको चुक्ताँ पुँजी १० करोड ५ लाख रुपैंया बराबर रहेको थियो ।
सो अवधिसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४८.५७ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ१८७.३९ रहेको छ। त्यसैगरी, कम्पनीको प्रतिशेयर कुल सम्पत्तीको मूल्य १४१२ पैसा रहेको छ।
प्रतिक्रिया