स्वस्तिक लघुवित्तको जगेडा कोष ऋणात्मक, कति छ नाफा ?

५ बर्ष अगाडि

काठमाडौं – स्वस्तिक लघुवित्त वित्तिय संस्थाले चालु आवको पुस मसान्तसम्म ६४ लाख २४ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो । 
गत आवको सोही अवधीमा कम्पनी १२ लाख ६९ हजार घाटामा थियो । तर, यसपटक भने कम्पनी नाफा आएको छ । 

समिक्षा अवधीसम्म कम्पनीले रु. ७ करोड ५२ लाख ६५  हजार निक्षेप संकलन गरेको छ । यस्तै, कर्जा तर्फ भने कम्पनीले रु. ४२ करोड ४२ लाख ११ हजार प्रवाह गरेको छ । 
प्रवाहित कर्जाबाट कम्पनीले चालु आवको ६ महिनामा २ करोड ६१ लाख ६८ हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. १ करोड ४२ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. १ करोड २० लाख रहेको छ । कम्पनीको  जगेडा भने  रु. ६८ करोड ५६ लाखले ऋणात्मक देखिएको छ  ।

५ बर्ष अगाडि

प्रतिक्रिया