काठमाडौं – नेपाल सेवा लघुवित्त वित्तिय संस्थाले चालु आवको पुस मसान्तसम्म ८५ लाख ९४हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । गत आवको सोही अवधीमा कम्पनीले ११ लाख ९५ हजार खुद नाफा कमाएको थियो ।
समिक्षा अवधीसम्म कम्पनीले रु. ११ करोड ४८ लाख ९८ हजार निक्षेप संकलन गरेको छ । यस्तै, कर्जा तर्फ भने कम्पनीले रु. ७१ करोड ५८ लाख ११ हजार प्रवाह गरेको छ ।
प्रवाहित कर्जाबाट कम्पनीले चालु आवको ६ महिनामा ४ करोड ८९ लाख १६ हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. २ करोड ६६ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. ६ करोड १५ लाख रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. १ करोड २९ लाख ४६ हजार जम्मा गरेको छ ।
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी (लाभांश क्षमता) रु. २७.९५ रहेको छ । यसैगरि प्रतिशेयर नेटवर्थ १२१.०५, तरलता अनुपात ३७.७५ प्रतिशत र प्रतिशेयर कुल सम्पत्तिको मुल्य १३५९.८६ रहेको छ । साथै, मुल्य आम्दानी अनुपात २९.७३ प्रतिशत रहेको छ ।
प्रतिक्रिया