शिवम् सिमेन्ट्सको नाफा १६.१३ प्रतिशतले बढ्यो , प्रतिशेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं- शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५८ करोड ९६ लाख ७२ हजार रुपैयाँ खुद नाफा  कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ करोड १९ लाख रुपैयाँ अर्थात १६.१३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५० करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

पुस मसान्तसम्ममा कम्पनीले ४ अर्ब २९ करोड ८ लाख रुपैयाँ कुल आम्दानी गरेको छ। जसमध्ये बिक्री आम्दानी ४ अर्ब २५ करोड ५९ लाख रुपैयाँ रहेको छ भने अन्य आम्दानी ३ करोड ४८ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले बिक्रीबाट ४ अर्ब ६९ करोड ५६ लाख रुपैयाँ र अन्यबाट १ करोड ३१ लाख रुपैयाँ गरी कुल ४ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको छ।

४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको शेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटीमा ३ अर्ब ६१ करोड २१ लाख रुपैयाँ रहेको छ। 

सो अवधिसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २६ रुपैयाँ ८० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ ८३ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको प्रतिशेयर कुल सम्पत्तीको मूल्य २८६ रुपैयाँ ४४ पैसा रहेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया