पुस मसान्तसम्ममा झण्डै ५ खर्ब बराबरको रेमिटान्स आप्रवाह, खुद ट्रान्सफर कति प्रतिशतले बढ्यो ?

५ बर्ष अगाडि

काठमाडौं- चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा रु.४ खर्ब ९५ अर्ब ३१ करोड बराबरको विप्रेषण (रेमिटान्स) भित्रिएको छ । समीक्षा अवधिमा रेमिटान्स आप्रवाह ११.१ प्रतिशतले वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको छ ।

गत वर्षको सोही अवधिमा रेमिटान्स आप्रवाह ०.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब १९ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह ०.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.६ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या १७.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६८.९ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या ०.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ८.९ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ४९ अर्ब ५१ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.४ प्रतिशतले घटेको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया