पुस मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति ६.६ प्रतिशतले बढ्यो, राष्ट्र बैंक कति छ सञ्चिति ?

५ बर्ष अगाडि

काठमाडौं-  गत आर्थिक वर्षको असार मसान्तसम्ममा रु. १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पुस मसान्तसम्ममा रु. ९१ अब ९१ करोड बराबरले वृद्धि भई रु १४ खर्ब ९३ अर्ब ७५ करोड पुगेको छ ।  जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६.६ प्रतिशतले बढी हो । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । 

राष्ट्र बैंकको तथ्यांक अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति चालु आवको असार मसान्तसम्ममा रु.१२ खर्ब २६ अर्ब १२ करोड बराबर रहेकोमा पुस मसान्तसम्ममा ७.५ प्रतिशतले वृद्धिभई रु.१३ खर्ब १८ अर्ब ६६ करोड बराबर पुगेको छ ।

यस्तै, अन्य बैंक तथा वित्तिय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति चालु आवको असार मसान्तसम्ममा रु.१ खर्ब ७५ अर्ब ७१ करोड बराबर रहेकोमा पुस मसान्तसम्ममा ०.४ प्रतिशतले कमी आई रु.१ खर्ब ७५ अर्ब ९ करोड बराबर कायम भएको छ । त्यस्तै पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.७ प्रतिशत रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया