६० हजार ऋणीले पाए सय अर्ब बढी पुनरकर्जा

५ बर्ष अगाडि

चालु आवको पुस मसान्तसम्ममा नपालमा ६० हजार ऋणीले पुनरकर्जा पाएका छन् । 

राष्ट्र बैंकले आज जारी गरेको आर्थिक तथा वित्तीय स्थिति अनुसार पुस मसान्तसम्ममा ६० हजार ८ सय ७९ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु.१०० अर्ब ३७ करोड कर्जा बक्यौता रहेको जनाएको हो । 

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ३३ हजार ८ सय १७ ऋणीलाई प्रवाह भएको रु.७६ अर्ब ५९ करोड कर्जा रहेको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २७ हजार ६२ ऋणीको रु.२३ अर्ब ७७ करोड कर्जा बक्यौता रहेको छ ।

बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा रु.६९ अर्ब ९६ करोड लगानीमा रहेको छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया