काठमाडौं- चालु आर्थिक वर्षको असार मसान्तको तुलनामा पुस मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ३ प्रतिशतले अधिमूल्यन भएको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।
गत आवको सोही अवधिमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ३।३ प्रतिशतले अवमूल्यन भएको थियो ।
चालु आवको पुस मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर ११६ रुपैंया ९२ पैसा पुगेको छ भने असार मसान्तमा उक्त विनिमय दर १२० रुपैंया ३७ पैसा रहेको थियो ।
प्रतिक्रिया