वित्तीय विवरण पेश नगरेको भन्दै ११ कम्पनीको शेयर कारोबार रोक्का

५ बर्ष अगाडि

नेप्सेले आज एकै साथ ११ कम्पनीको शेयर कारोबार रोक्का गरेको छ ।

नेप्सेले कारोबार रोक्का गरेको कम्पनीहरुमा ७ जलविद्युत कम्पनी, एक बीमा कम्पनी, दुई माइक्रोफाइनान्स र एक विकास बैंक रहेका छन् । 

नेप्सेले नेपाल हाइड्रो डेभलपर, युनिर्भसल पावर, पञ्चकन्यामाई हाइड्रो, पाँचथरपावर, राद्यी विद्युत, रैराङ र युनियन हाइड्रोगरी ७ जलविद्युत कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स, कर्णाली डेभलपमेन्ट बैंक, नेशनल माइक्रोफाइनान्स र कालिका लघुवित्तको शेयर कारोबार रोक्का गरेको हो ।
 
यी कम्पनीहरुले वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा सूचीकरण विनियमावली ७५ को विनियम अनुसार नेप्सेमा पेश गर्नुपर्ने विवरणहरु पेश नगरेकाले नेप्सेले शेयर कारोबार रोक्का गरिएको जनाएको छ। 


 

५ बर्ष अगाडि

प्रतिक्रिया