काठमाडौं - सनराइज बैंक लिमिटेडले नयाँ डेपुटी सिईओ नियुक्त गरेको छ । बैंकल आरती राज्यलक्ष्मी राणालाई डेपुटी सिईओमा नियुक्त गरिएको हो ।
सोमबार बसेको बैंकको संचालक समितिको बैठकले राणालाई नियुक्त गरेको बैंकले जानकारी दिएको छ ।
राणा यसअघि सोही बैंकमा डेपुटी जेनेरल म्यानेजर (डिजिएम) मा कार्यरत थिइन् । राणा १४ महिनाअघि सनराइज बैंकमा नियुक्त भएकी थिइन् ।
राणासँग नेपालको बौंकिङ क्षेत्रको विभिन्न विभागमा रहेर काम गरेको लामो अनुभव रहेको बताइएको छ । उनले विभिन्न बैंकमा रहेर रिटेल बैंकिङ, कर्पोरेट लेण्डिङ, ब्रान्च म्यानेजमेण्टलगायतका विभागमा रहेर काम गरीसकेकी छन् ।
प्रतिक्रिया