संसद विघटन विरुद्ध सहिद वेपत्ता परिवारको प्रदर्शन

५ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको कदम विरुद्ध सहिद तथा वेपत्ता य‍ोद्धा परिवारले प्रदर्शन गरेका छन् । 

सोमबार राजधानीको बबरमहलवाट शुरु भएको जुलुस नयाँ बानेश्वरमा पुगेर सभामा परिणत भएको थियोे ।

विरोध सभामा नेकपा स्थायी कमिटी सदस्य शक्तिवहादुर बस्नेतले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमले सहिद तथा वेपत्ता योद्धाको सपनामाथि वज्रप्रहार भएको बताए । 

बस्नेतले सहिदका सपना पूरा गर्न हरहालतमा प्रतिनिधिसभा पुनस्स्थापना हुनुपर्ने बताए ।

कार्यक्रममा नेकपा नेता जगन्नाथ खतिवडाले सहिदका सपना अझै पूरा हुन बाँकी नै रहेकाले आन्दोलन जारी राख्नुपर्ने वताए ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया