काठमाडौं- नेपाल राष्ट्र बैंकले भोलि (मंगलबार) देखि नागारिक बचत पत्र २०८२ बिक्रीमा ल्याउने भएको छ ।राष्ट्र बैंकले आन्तिरिक ऋण उठाउन रु २ अर्ब बराबरको नागारिक बचत पत्र बिक्री गर्न लागेको हो । बैंकले ९ प्रतिशत ब्याजदरमा उक्त बचत पत्र निष्कासन गर्न लागेको हो ।
राष्ट्र बैंकले फागुन १५ गतेसम्म उक्त ऋणपत्रको बिक्री खुला गर्नेछ । त्यो अनुसार बचत खरिद गर्न चाहने इच्छुक नागारिकले फागुन १५ गते भित्र आवेदन दिई सक्नु पर्नेछ ।
बैंकका अनुसार बचत पत्र ५ वर्षे अवधीको हुनेछ र ब्याज भुक्तानी ६र६ महिनामा हुनेछ । खरिदकर्ताले घटिमा दश हजार रुपैंया र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई रु.दश हजारले भाग गर्दा निशेष भाग जाने अंकमा खरिद गर्न पाउने छन् ।
बैंकका अनुसार उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन् । सो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिनेछ । बचत पत्रको अन्तिम निष्कासन मिति भने आगामी फागुन २५ गतेका लागि तोकिएको छ ।
बैंकले २०८२ फागुन २५ गते साँवा भुक्तानी हुने मिति तय गरेको छ । बचतपत्र खरिद गर्न चाहनेले नेपाली नागरिकता प्रमाणपत्र, नाबालकको हकमा बचतपत्र खरिद गर्ने भएमा संरक्षको नागरिकता र जन्मदर्ताको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइजको फोटोसमेत पेश गर्नुपर्नेछ । नेपाल राष्ट्र बैंकका उपत्यकाका बाहिरका कार्यालय, सरकारी ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार गर्न इजाजतपत्र लिएका बजार निर्माताले उक्त बचतपत्रको बिक्री वितरण गर्न पाउनेछन् ।
प्रतिक्रिया