कुमारी स्मार्टबाट अब आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने

५ बर्ष अगाडि

काठमाडौं - कुमारी बैंकले लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन कुमारी स्मार्टमार्फत आन्तरिक बिप्रेषण पठाउन मिल्ने व्यवस्था ल्याएको  । 

बैंकले रेमिटकर्ताले प्रापकको नाम र मोबाइल नम्बरको आधारमा देशव्यापी रुपमा रेमिट्यान्स पठाउन सकिने व्यवस्था ल्याएको हो । 

उक्त रेमिट रकम देशभरका कुमारी बैंकका शाखाहरु सँगै बैंकका १० हजार भन्दा अधिक रेमिट एजेन्ट कार्यालयहरू मार्फत प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

यसको कारोबारको सिमा भने प्रचलित मोबाइल बैंकिङ दैनिक कारोबार सीमा अन्तर्गत पर्ने जनाइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया