काठमाडौं - हाल देशभर मौसम सामान्यतया सफा रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा बिहान न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस रहेको थियो । महाशाखाको मापनकेन्द्र रहेका स्थानमध्ये सबैभन्दा कम तापक्रम जुम्ला र दोलखाको जिरीमा देखिएको छ ।
ती दुवै स्थानमा आइतबार न्यूनतम तापक्रम समान माइनस ३ दशमलव ५ छ । त्यसपछि दशेभरमा सबैभन्दा कम तापक्रम मुस्ताङको जोमसोममा छ । आइतबारको मापनअनुसार त्यहाँ न्यूनतम तापक्रम माइनस २ दशमलव ५ छ ।
अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म रहन सक्ने मौसमविदहरुले जनाएका छन् । भिजिबिलिटी ४ किलोमिटर रहेको छ । सोमबार कतै वर्षा हुने छैन ।
दिउँसो सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
यसअघि आइतबार ताप्लेजुङमा ३.५ तथा लुम्लेमा ०.६ मिलिमिटर वर्षा भएको थियो । जुम्लामा सबैभन्दा कम माइनस ३.५ डिग्री सेल्सियस तापक्रम रह्यो । काठमाडौंको तापक्रम १ डिग्रीमा झरेको थियो ।
प्रतिक्रिया