हुम्लाको हवाइ सेवा पुनःअवरुद्ध

५ बर्ष अगाडि

हिमपात पछि सुचारु रहेको हुम्लाको हवाइ सेवा पुनःअवरुद्ध भएको छ।आइतवार बिहानैबाट आएको हावा हुरीले हवाई सेवा पुनः अबरुद्ध भएको हो ।

बिहानैबाट नेपालगंज र सुर्खेतबाट हवाई जहाजहरु उडान भर्न तयारी अबस्थामा रहेको भएपनि सिमकोटमा हावाहुरी लागेको कारण कुनै उडान हुन सकेन ।

सिमकोट बिमानस्थलका लागि उडान भर्ने तारा , सीता र समिट एयरका जहाजहरु कनैले उडान भर्न पाएनन्।

हिमपातको कारण अबरुद्ध रहेको हवाई सेवा शनिवार सुचारु भएको थियो।

५ बर्ष अगाडि

प्रतिक्रिया