काडमाडौं - जनरल इन्स्योरेन्स कम्पनीको कायम मुकायम महाप्रबन्धकमा विनेश मास्के नियुक्त भएका छन् । माघ २३ गते शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गरेको हो ।
मास्केलाई अर्को व्यवस्था नभएसम्म कम्पनीको प्रमुखको रुपमा कार्य सञ्चालन गर्न कायम मुकायमको महाप्रबन्धकको जिम्मेवारी तोकिएको कम्पनीले जनाएको छ ।
यसअघि इन्स्योरेन्सको महाप्रबन्धक पदमा एस. के. तमोट रहेका थिए ।
प्रतिक्रिया