इन्भेष्टमेन्ट बैङ्कले दियो नेपाली आरोहीहरूलाई १० लाख ?

५ बर्ष अगाडि

काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैङ्क लिमिटेडले विश्वको दोस्रो उच्च हिमाल केटूको सफल आरोहण गर्ने नेपाली टोलीलाई सम्मान गरेको छ । 

निर्मल पूर्जाको नेतृत्वमा १० नेपाली आरोहीहरूको टोलीले हिउँदमा विश्वको दोस्रो अग्लो हिमाल केटूको सफल आरोहण गरेको थियो । ‘क्रुरता हिमाल’ उपनाम दिइएको माउन्ट केटूको आरोहणलाई सबैभन्दा कठोर हिमालको रूपमा मानिन्छ र जाडोमा लगभग असम्भव मानिन्छ । 

नेपाली आरोहीहरूले त्यो उपलब्धी यही माघ ३ गते ५ बजे हासिल गरेर स्वदेश फर्किएका छन् । 

सो टोलीलाई बैङ्कका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, बोर्डका सदस्यहरू र वरिष्ठ व्यवस्थापकहरूले १० लाखको चेक प्रदान गरेको छ । बैङ्कले नेपाललाई गौरवान्वित तुल्याएकोमा टोलीलाई धन्यवाद दिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया