वडा सदस्यको घरमा युवती मृत फेला

५ बर्ष अगाडि

वडा सदस्य निरज चौधरीको घरमा एक युवती मृत अवस्थामा भेटिएकी छन्। कैलालीको गौरीगंगा नगरपालिका–३ का वडा सदस्य निरज चौधरीको घरमा सोही ठाउँकी २३ वर्षीया अज्जिता चौधरी  झुण्डिएको अवस्थामा  मृत भेटिएकी हुन्।

 मृतकका परिवारले हत्याको आशंका गरेका छन्। कोठामा चुकुल लगाएको अवस्थामा अज्जिता मृत भेटिएकी प्रहरीले जनाएका छन् । मृतक अज्जिता र वडा सदस्य चौधरीबीच ‘प्रेम सम्बन्ध’ रहेको खुलेको छ। 

गौरीगंगा नगरपालिका–३ का कार्यवहाक वडाध्यक्ष रहेका चैधरी  अहिले फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया