आईपीओ निष्काशको तयारीमा रहेको सिटीजन लाइफको नाफा बढ्यो

५ बर्ष अगाडि

काठमाडौं – आईपीओ निष्काशनको तयारीमा रहेको सिटिजन लाइफ इन्स्योरेन्सले चालु आवको पुससम्म ११ करोड १ लाख ८४ हजार खुद नाफा कमाएको छ । 
कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो। 
कम्पनीको यो नाफा गत आवको सोही अवधी भन्दा ९.८० प्रतिशत बढी हो । 
गत आवको सोही अवधीमा कम्पनीले रु. १० करोड ३ लाख ४२ हजार नाफा कमाएको थियो । 
यस्तै, यस अवधीमा कम्पनीको खुद बीमाशुल्क संकलन १ अर्ब ३७ करोड ५३ लाख ४९ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ७९ करोड ३६लाख ८८ हजार खुद बीमाशुल्क संकलन भएको थियो । 

हाल कम्पनीको चुक्तापुँजी रु . १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । 
यस्तै, कम्पनीले जगेडा कोषमा रु. ७२ करोड ८० लाख ४९ हजार जम्मा गरेको छ । यस्तै जीवन बीमा कोषमा २ अर्ब ३९ करोड ८१ लाख ६९ हजार र महा विपत्ती जगेडामा ६ करोड ८४ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया