छोरीको हत्या गरि फरार महराले आफ्नै घरमा लगाए आगो

५ बर्ष अगाडि

बैतडीमा आफ्नै बाबले  छोरीको हत्या गरेका छन् । पुर्चौडी नगरपालिका–१० का धनसिंह महराले शनिबार साँझ भरुवा बन्दुकले  गोली हानेर २० वर्षीया विवाहित छोरी बेलमतीको हत्या गरेका हुन् ।

छोरीको हत्या गरेर भागेका महराले शनिबार राति आएर आफ्नै घरमा आगो लगाएका छन्। महराले शनिबार राति आफ्ना २ घरमध्ये एउटामा आगजनी गरेका हुन्।

महराका २ पत्नीमध्ये कान्छी पत्नीसँग विवाद  हुदा आमाको पक्ष लिएको भन्दै  छोरी बेलमतीमाथि गोली हानेका थिए। एक महिनाअघि माइत आएकी छोरीको  हत्या गरेका महरा पुनः फरार छन् । 

छोरीको ज्यान लिएपछि उनी गोली भरेको बन्दुक लिएर फरार छन्। आफू नजिक आउने जोसुकैलाई गोली हान्ने चेतावनी दिएर हिँडेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया