काठमाडौं – हिमालयन डिस्टीलरी कम्पनीले चालु आर्थिक बर्षको पुस मसान्तसम्म रु. ३९ करोड ७६ लाख ४८ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । गत आवको सोही अवधीमा कम्पनीले रु. २५ करोड ४० लाख २० हजार खुद नाफा कमाएको थियो ।
समिक्षामा कम्पनीले व्यवसायबाट रु. ९१ करोड ९१ लाख ४२ हजार खुद आम्दानी गरेको छ । गत आवको सोही अवधीमा कम्पनीको खुद आम्दानी ६० करोड ५३ लाख रहेको थियो । त्यो अनुसार अहिले कम्पनीको खुद आम्दानी पनि बढेको देखिन्छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. ८६ करोड ७७ लाख २ हजार रहेको छ । वित्तिय विवरण अनुसा हाल कम्पनीको प्रतिशेयर आम्दानी –लाभांश) क्षमता ९१.६६ रहेको छ । यस्तै, पीई अनुपात ४७.१३, प्रतिशेयर नेटवर्थ १५६.८३, प्रतिशेयर कुल सम्पत्तिको अनुपात १६०.३५ र तरलता अनुपात १.५७ रहेको छ ।
प्रतिक्रिया