सरकारी चेकको भुक्तानी अवधि १५ दिन मात्र

५ बर्ष अगाडि

काठमाडौं - सरकारी चेकको भुक्तानी अबदेखि  १५ दिनभित्र लिइसक्नुपर्ने भएको छ । सरकारले बनाएको नयाँ नियमअनुसार सरकारी कोषबाट जारी भएको चेकको भुक्तानी अवधि १५ दिनको मात्रै रहने भएको हो । 

सरकारले हालै जारी गरेको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७’ सरकारी चेकको भुक्तानी अवधिलाई घटाएर १५ दिनमा झारेको छ । यसअघि यस्तो अवधि ३० दिनको थियो ।  

नियमावलीको दफा १३२ ले सरकारी कोषबाट भुक्तानीका लागि जारी गरिएको चेकको भुक्तानी अवधि १५ दिनको हुने व्यवस्था गरेको छ । साथै बैंकले नियमावलीले तोेकेको अवधि नाघेको चेकको भुक्तानी दिन नमिल्नेसमेत उल्लेख छ ।

त्यस्तै महालेखा नियन्त्रक कार्यालयले शुक्रबार सबै कोष तथा लेखा नियन्त्रक कार्यालय र नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्दै नयाँ नियमावलीमा गरिएको व्यवस्था कार्यान्वयन गर्न अनुरोध गरेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया