एनआरएन इन्फ्रास्टक्चरको साधारण सभा आज, लाभांश कति ?

५ बर्ष अगाडि

काठमाडौं - एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडको साधारण सभा आज हुँदै छ । 

होटल अकामा, सुकेधारा काठमाडौँमा बिहान ११ बजे भर्चुअल माध्यमबाट आठौँ वार्षिक साधारण सभा हुन लागेको हो ।

सभाले पुस १६ गते सम्पन्न सञ्चालक समितिको बैठकले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २.८५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

साथै सभाले संस्थापक शेयरधनीका तर्फबाट ६ जना र सर्वसाधारणका तर्फबाट ३ जना गरी ९ जना सञ्चालक समिचि चयन गर्ने लगायतका प्रस्तावाहरु पनि पारित गर्ने प्रस्तावहरु रहेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया