गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्डलाई चिडियाखानामा लेगर राख्ने चेतावनी दिएको कुरामा पूर्व मन्त्री बिना मगरले आपत्ति जनाएकी छन्।
मगरले गृहमन्त्रीको अभिव्यक्तिको आलोचना गर्दै फेसबुकमा स्ट्याटस सेयर गर्दै चेतावनी दिएकी हुन् ।
ओली समूहले शुक्रबार राजधानीमा आयोजना गरेको जनसभामा गृहमन्त्री थापाले आन्दोलन हिंसात्मक बने अध्यक्ष प्रचण्डलाई नै जेलमा थुन्ने अभिव्यक्ति दिएका थिए।
उनले लेखेकी छन्, ‘आज मौसम कठ्यांग्रिदो चिसो बोकेर आयो। हिमपात, केही बर्षा, अनि सितलहरले दिन भरजसो देस, मुटु नै काप्ने चिसोमा, पारिलो घामको न्यानो खोजिनै रहयो। सन्दर्भ पनि क्या गजबको। आज बादल क्षितिजमा हैनकी, नारायणहिटी दरबार अगाडी गर्जिएछ। बादललाई बादल बनाउने धरातल माथि ब्ययड्ंग्य कस्दै प्रचण्डलाई चिडियाखाना पुर्याउने ध्वास दिएछ। हेक्का रहोस, बर्षात अघि गर्जिने बादल क्षणिक हुन्छ। मौसम उघ्रिएसंगै बादल फाटेको क्षितिज निकै सुन्दर हुन्छ।’
प्रतिक्रिया