सिलिण्डर पड्किँएर शरीरमा आगो सल्किँदा एक महिला घाइते

५ बर्ष अगाडि

पोखरामा ग्यास सिलिण्डर पड्किँदा एक महिला घाइते भएकी छन् । पोखरा महानगरपालिका ३३, बहुमारा गण्डकीवेशीका धनबहादुर थापाको घरमा ग्यास सिलिण्डर पड्किँदा थापाकी श्रीमती पद्मा कुमारी थापा घाइते भएकी हुन् । 

सिलिण्डर पड्किएर उछुट्टिएको आगो शरीरमा सल्किँदा उनी घाइते भएकी हुन् । घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । 

सिलिण्डर पड्किँदा थापाको पक्की घरको गाह्रो चर्किनुका साथै झ्याल र ढोका पूर्णरुपमा क्षति भएको गण्डकी प्रदेश प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।


उनका अनुसार घरका अन्य सात वटा झ्यालका सीसा फुटेको र भ¥याङको रेलिङमा समेत क्षति पुगेको छ । 


रातको समयमा ग्यास लिक भएको र बिहान उठेर चिया पकाउने क्रममा लिगएको ग्यासमा आगो लाग्दा सिलिण्डर पड्किएको डिएसपी थिङले बताए । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया