प्रचण्ड–नेपालद्धारा भागरथी भट्टप्रति श्रद्धाञ्जली व्यक्त गर्दै हत्यामा संलग्न दोषीमाथि कारबाहीको माग

५ बर्ष अगाडि

 दाहाल–नेपाल नेकपा पक्षले भागरथी भट्टको हत्याको दोषीमाथि कडा कारबाही गर्न  माग गरेको छ । 

 विभत्स अवस्थामा भेटिएकी मृतक १७ वर्षीया भागरथी भट्टको  सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको हो।

आज (शनिवार) शोक वक्तव्य जारि गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले विगतमा निर्मला पन्तको अनुसन्धान जस्तै यो घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग आग्रह गरेका छन् ।

वक्तव्यमा, ‘विद्यालयबाट घर फर्किंदै गरेको बेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको हामी घोर भर्त्सना गर्दछौं ।
डेढ वर्षअघि निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आम जनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्यसंयन्त्र असफल भएको तथ्यलाई नै प्रमाणित गरेको छ ।’
अगाडी भनिएको छ, ‘अन्त्यमा मृतक किशोरी भागरथी भट्टप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीका तर्फबाट शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दछौं ।’

५ बर्ष अगाडि

प्रतिक्रिया