नक्कली नोट सहित दुई भारतीय नागरिक पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - नक्कली नोट सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। शुक्रवार दिउँसो २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारत सितामढी ग्राम पंचायत नरगा लक्ष्मीपुर २ बस्ने ३५ वर्षीय साबिर अंसारी र सितामढी ग्राम पठनपुर १४ बस्ने ४२ वर्षीय जियाउल अंसारी रहेका छन् । 

जलेश्वर नगरपालिका-१ स्थित सडक बिआर ३० भि ९५३० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई रोकेर चेक गर्दा नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ । 

उनीहरुको साथबाट ५ सय दरका २७ थान गरी जम्मा १३ हजार ५ सय नक्कली नेपाली नोट फेला परेको प्रहरीले बताएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया