सुर्खेतको वीरेन्द्रनगरमा राजसंस्थाको पक्षमा जुलुस निकालिएको छ । ‘भ्रष्ट सरकार होइन अब पालो श्री ५ सरकारको’ भन्दै राजावादीहरु सडकमा उत्रिएका हुन् ।
जुलुसमा राजा आउ देश बचाउ, नारायणहिटी खाली गर हाम्रो राजा आउँदैछ, भ्रष्ट्र सरकार मुर्दावाद, टोल टोलमा हल्ला छ राजा ल्याउने सल्लाह छ जस्ता नारा लगाएका थिए ।
यसअघि पनि राजावादीहरुले वीरेन्द्रनगरमा राजसंस्था पुनःस्थापनाको माग गर्दै वृहत प्रर्दशन गरेका थिए ।जुलुस वीरगोर्खाली नामक संस्थाले आयोजना गरेको हो ।
प्रतिक्रिया