काठमाडौं - म्यानमारमा फेसबुक पछि अहिले ट्विटर र इन्स्टाग्राम प्रयोगमा समेत प्रतिबन्ध लगाइएको छ । सैन्य कूको विरोधमा आन्दोलन चर्किएसंगै यसअघि फेसबुक प्रयोगमा प्रतिबन्ध गरिएको थियो ।
सैन्य कूको विरोध गरिरहेका मानिसहरू विरोध प्रदर्शनको भिडियो एवं तस्वीरहरू सामाजिक सञ्चालमा पोस्ट गरेपछि बन्द गरिएको हो ।
शुक्रबार म्यानमारको सञ्चार मन्त्रालयले देशमा मोबाइल नेटवर्क र इन्टरनेट सेवा प्रदायकहरूलाई ट्विटर र इन्स्टाग्राम ब्लक गर्न निर्देशन दिएको थियो ।
सार्वजनिक हितको नाममा सामाजिक सञ्जाल एप्सलाई शनिबार ब्लक गरिएको छ ।
प्रतिक्रिया