१८ महिनापछि जम्मु-कश्मिरमा इन्टरनेट प्रतिबन्ध फुकुवा, सुचारु भायो फोरजी सेवा

५ बर्ष अगाडि

काठमाडौं - भारतले जम्मु र कश्मिरमा इन्टरनेट प्रतिबन्ध फुकुवा गरेको छ । १८ महिनापछि प्रतिबन्ध फुकुवा भएसँगै अब भारतले त्यहाँ फोरजी सेवा सुचारु गर्ने छ । 

एक उच्च अधिकारीका आनुसार जम्मु र कश्मिरको १८ महिने लामो प्रतिबन्धबीच एक करोड ३० लाख जनता प्रजातन्त्रिक अधिकारबाट बञ्चित भएका थिए । 

२०१९ अगस्टमा भारतले जम्मु-कश्मिरका लागि संविधानमा भएको विशेष व्यवस्थालाई खारेज गरेको थियो । त्यसपश्चात नयाँ दिल्लीविरुद्द घृणा तथा विरोध फैलन नदिन भारतले त्यहाँ दूरसञ्चार तथा इन्टरनेटमा प्रतिबन्ध लगाएको थियो । 

जम्मु-कश्मिर सरकारका मुख्य सचिव रोहित कांसाले उक्त क्षेत्रभर फोरजी इन्टरनेट सेवा सुचारु भइसकेको बताएका छन् । 

गत वर्ष भारतले इन्टरनेट प्रतिबन्ध आंशिकरुपमा हटाएको थियो । उसले २० मध्ये २ जिल्लाहरुमा गत वर्ष नै प्रतिबन्ध फुकुवा गरिसकेको थियो ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया