साउदीमा बिगत १० वर्षदेखि बन्दी जीवन बिताइरहेकी नेपाली चेलीको उद्धार भएको छ । नेपाली प्रबासी समाज साउदी अरेबियाले पाल्पा छहरा–४ की सम्झना थापा मगरको उद्धार गरेको हो ।
विभिन्न प्रलोभनमा पारी दलालले घरेलु कामको लागि भारतको नयाँ दिल्ली हुदैँ साउदीको राजधानी रियाद पुर्याएको थियो । पीडितलाई ललिता गुरुङ नाम गरेको राहदानी बनाएर त्यहाँ पुर्याएको हो । साउदी नागरिकको घरमा १० वर्षदेखि काम गर्दै आएकी उनलाई घरपरिवार, आफन्त कसैसंग पनि सम्पर्क गर्न नदिएको गुनासो छ ।
कैदीबन्दी झैँ जीवन विताएकी उनले २ महिनाअघि नेपाली प्रवासी समाजको फेसबुक पेजमा सम्पर्क गरेकी थिइन् ।
केहि महिनाअघि साउदीको ताबुकमा ११ वर्षदेखि बिना तलब काम लगाएर बन्धक बनाईएकी लीलामाया धिमालको पनि समाजले उद्धार गरेको थियो ।
प्रतिक्रिया