एजेन्सी - विश्व व्यापार संगठन (डब्ल्युटिओ)को नेतृत्वमा अफ्रिकी महिलाले गर्ने पक्का भएको छ । संगठनको प्रमुखमा यो पहिलो पटक अफ्रिकी महिलाले नेतृत्व गर्न लागेकी हुन् ।
अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले ती महिलाई समर्थन गरेपछि यो सम्भव भएको हो । यसअघि अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प प्रशासनले दक्षिण कोरियाकी यो माइयुङ हिलाई समर्थन गरेको थियो ।
राष्ट्रपति बाइडनले उनलाई समर्थन गरेसँगै दक्षिण कोरियाकी योले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
योको उम्मेदवारी फिर्तासँगै विश्व व्यापार संगठनको प्रमुखमा पहिलो पटक अफ्रिकी महिलाले नेतृत्व गर्ने पक्का भएको हो । ती अफ्रिकी महिला नाइजेरियाकी डा। नगोजी ओकोनिजो लवाला हुन् ।
आगामी अक्टोबर महिनामा १ सय ६४ राष्ट्र सदस्य रहेको डब्ल्युटिओको नयाँ नेतृत्व चयन हुनेछ ।
प्रतिक्रिया