चट्याङ्ग लागेर श्रीमानको मृत्यु ,श्रीमती घाइते

५ बर्ष अगाडि

चट्याङ्ग लागेर रुकुममा एक जनाको मृत्यु भएको छ । रुकुमको मुसीकोट नगरपालिका ६, गवारीका  ४२ वर्षीय भीमबहादुर बोहराको गएराति चट्याङ्ग लागेर ज्यान गएको हो ।

 घरमै सुतेका बोहराको  चट्याङ्ग लागेर मृत्यु भएको हो भने चट्याङ्ग लागेर बोहराकी ३५ वर्षीया श्रीमती सीता घाइते भएकी  प्रहरीले जनाएका छन्  । 

घाइते सीताको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । सीताको दायाँ खुट्टा, दायाँ हात तथा शरीरको दायाँतर्फको भागमा चोट लागेको छ ।  बोहराको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया