११ को परीक्षा देखि नतिजा प्रकाशन सम्मको अधिकार विद्यालयलाई

५ बर्ष अगाडि

राष्ट्रिय  परीक्षा  बोर्डले कक्षा ११ मा अध्ययनरत  विद्यार्थीको अन्तिम परीक्षा  सम्बद्ध  विद्यालयले  नै  सञ्चालन  गर्ने  जनाएको छ । 

अब यसै  शैक्षिक  सत्रमा  कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम  परीक्षा  विद्यालयले  नै  गर्नेछन् । 

बोर्डले  गत  वर्षको  कक्षा  ११  मा  अध्ययन  गर्ने  विद्यार्थीको  अन्तिम  परीक्षा  सञ्चालन  गर्दा  परीक्षा  सञ्चालनसम्बन्धी कार्यविधिमार्फत सो अधिकार विद्यालयलाई दिएको थियो । कोरोना भाइरसका कारण बोर्डले राष्ट्रिय स्तरमा  एकै  पटक  परीक्षा  सञ्चालन  गर्न  नसकेपछि  कार्यविधिमार्फत  उक्त  अधिकार विद्यालयलाई दिइएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया