आज हिमपात सँगै वर्षा हुने पूर्वानुमान

५ बर्ष अगाडि

मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानहरुमा वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान गरेको छ । 

महाशाखाले शनिबार बिहान जारी गरेको पूर्वानुमानका अनुसार आज देश पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

महाशाखाले अहिले देशका हुनै स्थानमा आँशिक र कुनै स्थानहरुमा सामान्य बदली रहेको जनाएको छ । 

यसैगरी, महाशाखाले आज दिउँसको मौसमको अवस्थाबारे जानकारी गराउँदै आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने सम्भावना रहेको जानकारी दिएको छ ।  

यता, प्रदेश १ का धेरै स्थानहरु तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । भने, देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।

यस्तै, आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेश आंशिकदेखि सामान्य बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया