प्रदेश २ को प्राधिकरण, काउन्सिल र बोर्र्डले पायो नयाँ अध्यक्ष

५ बर्ष अगाडि

काठमाडौं - प्रदेश २ सरकारले आमसञ्चार प्राधिकरण, मिडिया काउन्सिल र चलचित्र विकास बोर्र्डका अध्यक्ष पदमा नियुक्त गरेको छ ।  

आज बिहान बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले  प्राधिकरणका अध्यक्षमा श्यामसुन्दर यादव, मिडिया काउन्सिलका अध्यक्षमा शिवहरि भट्टराई र चलचित्र विकास बोर्डका अध्यक्षमा धर्मेन्द्र मरबैतालाई नियुक्त गरेको भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले जानकारी दिए ।  

यादव र भट्टराई सप्तरी जिल्लामा रहेर पत्रकारिता गर्दै आउनुभएको छ भने मोरबैता सिरहा जिल्ला निवासी हुन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया