आज बीमा समितिका नव नियुक्त अध्यक्ष सूर्य प्रसाद सिलवालले कार्यभार सम्हालेका छन् । शुक्रवार बीमा समितिमा आयोजित एक कार्यक्रमका बीच सिलवालले कार्यभार सम्हालेका हुन् ।
उनले हिजो बिहिबार अर्थमन्त्रालयमा पद तथा गोपनियताको सपथ लिएका थिए ।
आजको कार्यक्रममा उनले आफु यो क्षेत्रमा नयाँ भएकाले सबैलाई सहयोग गर्न अनुरोध गरेका छन्।
त्यस्तै, उनले बीमा समितिमा आफुलाइ बुझ्न केहि समय लाग्ने भएकाले अहिले तत्काल गर्नु पर्ने कामहरु गर्दै जाने र बाँकी कुराहरु विस्तारै गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया