काठमाडौं - नापी कार्यालय कञ्चनपुरका निमित्त कार्यालय प्रमुख सर्वेक्षक हरिचन्दर ठाकुरलाई १५ हजार रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा लिएको छ ।
आयोगले उनीसहित लेखापढी व्यवसायी अरुण कुमार यादवलाई पनि पक्राउ गरेको छ ।
जग्गाको कित्ता काट गरी दिने भनी लेखापढी व्यवसायी अरुण कुमार यादवमार्फत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया