सभामुखले प्रधानमन्त्री ओलीसँग जुहारी नखेल्न

५ बर्ष अगाडि

सभामुख अग्नी सापकोटाले प्रधानमन्धी केपी शर्मा ओलीले लगाएको आरोपको प्रतिवाद नगर्ने बताएका छन् । 

शुक्रबार संघीय संसद सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभामुख सापकोटाले संसद विगठनको असाधारण अवस्थामा प्रधानममन्त्री ओलीसँग जुहारी खेलेर बस्ने समय नभएको बताएका हुन् ।

उनले प्रधानमन्त्रीलाई जवाफ फर्काएर आफ्नो मौलिकता र विशेषतालाई कमजार बनाउन नचाहेको भन्दै सापकोटाले भने, ‘म जुहारी खेल्न चाहान्न । म त्यसको अधिकतम हितमा रहेर आफ्नो बुद्धि, विवेक, योग्यता र क्षमता प्रयोग गर्न चाहान्छु ।’

‘मन्त्रीहरुको शपथको समयमा राष्ट्रपति कार्यालयबाट निम्तो आयो । मैले राष्ट्रपति कार्यालय र सरकारको बीचमा अन्तर हुनसक्छ भन्ने धेयले गएको थिएँ । तर, हालै भएको संवैधानिक नियुक्तीको शपथ ग्रहणमा जानु सरासर गलत भएकाले गइँन । यदि त्यो शपथ ग्रहणमा गएको भए मैले सभामुखको जिम्मेवारी पालन नगरेको ठहर हुने भएकाले पनि शपथ ग्रहण कार्यक्रममा म अनुपस्थित भएको हुँ,’ सापकोटाले भने ।

उनले अब संसद बैठक बोलाउनुहुन्छ कि हुँदैन भन्ने पत्रकारको जवाफमा आफू वृहत छलफलमा रहेको जानकारी दिँदै उनले भने, ‘राष्ट्रिय जीवनका अनुभवी व्यक्तिहरु र राज्यको संवैधानिक निकायका प्रमुखहरु, पूर्व प्रधानन्यायाधीहरुसँग विस्तृत सल्लाह गरेर त्यसैको आधारमा अगाडि बढ्ने जानकारी गराउँन चाहान्छु ।’

५ बर्ष अगाडि

प्रतिक्रिया