काठमाडौं - नेपालले कोरोना संक्रमणको बहानामा कामबाट निकालिएका पत्रकारहरुलाई काममा फिर्ता बोलाउन माग गरिएको छ । प्रगतिशील पत्रकार संघले उक्त माग गरेको हो ।
दाङको भालुबाङमा सम्पन्न संघको बैठकले कुनै पनि बहानामा श्रमजीवीहरुलाई कामबाट निकाल्ने वा पारिश्रमिक नदिने कुराको विरोध गरेको छ।
समितिको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै संघका सचिव श्यामलाल पोखरेलले कामबाट निकालिएका पत्रकारहरुलाई काम गर्ने वातावरणसहित फिर्ता बोलाउन माग गरेका छन्।
प्रतिक्रिया