काठमाडौं - नेपाल बैंक र आगन्तुक रिसोर्ट प्रालिबीच सम्झौता भएको छ । बनेपा–६ भ्यूटावर मार्ग गोसाईस्थानस्थित रहेको उक्त रिसोर्टमा बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले बिलभुक्तानीगर्दा अधिकतम १५ प्रतिशतसम्मको छुटपाउने सम्भौतापत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र रिसोर्टको तर्फबाट प्रबन्ध निर्देशक हरि नेपालले हस्ताक्षर गरेका छन् ।
यो सँगै अब बैंकका कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले डेबिटरक्रेडिटरअन्य प्रिभिलेज कार्ड, मोबाइल(इन्टरनेट बैंकिङलगायतका डिजिटल माध्यममार्फत एकोमोडेसन तथा फुड एण्ड बिभरेजको बिलभुक्तानीगर्दा अधिकतम १५ प्रतिशतसम्मको छुटपाउने भएका छन् ।
नेपाल बैंकले हालदेशभर रहेका २०४ शाखा, ३९ वटा एक्स्टेन्सन काउण्टर, १ सय ४२ वटा एटीएम तथा मोबाइलरइन्टरनेट बैंकिङलगायतका बिभिन्न डिजिटल माध्ययमबाट समेत आफ्नो बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया