‘ओलीको एक छत्र रजाई गर्ने दिन सकियो' : अध्यक्ष नेपाल

५ बर्ष अगाडि

दाहाल–नेपाल नेकपा समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको रजाई गर्ने दिन सकिएको बताएका छन् । शुक्रबार पत्रकासँगको छलफलमा अध्यक्ष नेपालले भने, ‘ओलीको एक छत्र रजाई गर्ने दिन सकियो ।’ भन्दै राज्य कब्जामा लिने ओलीको कदम विरुद्ध शसक्त आन्दोलन गर्ने बताएका छन्  ।

‘केपी ओलीले जे जे गर्छन् खुरु खुरु मानेर तमासा हेरेर बस्‍ने वाला छैनौँ । यो सबै स्थितिको श्रृजना गर्ने कारक तत्व भनेको ओली नै हो । ओलीले पार्टीबाट सुरु गरेको राजइलाई आफ्नो कब्जामा पार्ने कोशिष गर्न थालेका छन्,’सिंगो मुलुकलाई यो पनि गरे र यो सिंगो देशको प्रजातन्त्रको घाँटी निमोठ्दै निमोठ्दै गइरहेका छन् ।’ 

‘त्यसैले यो नेकपा भित्रको मात्रै आन्तरिक मामिला होइन । देश, लोकतन्त्र, संविधान, विधि र कानुनी शासनको कुरा हो,’ उनले भने । संसदीय सुनुवाइ विना नै संबैधानिक निकायका पदाधिकारी नियुक्त गर्ने निर्णय विरुद्ध बिहीबार देशव्यापी आमहड्ताल गरेको दाहाल माधव समूहले आन्दोलनका कारण सर्वसाधरण परेको समस्या प्रति क्षमा माग्दै सफल पार्न सहयोग गरेकोमा धन्यवाद पनि दिए । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया